Total Pageviews

Popular Posts

My Blog List

tharu

tharu
tharu

Sunday, August 21, 2011

थारु पत्रकारको उपस्थिति ज्यादै न्यून

काठमाडौ, श्रावण ९ - मुलुकको दोस्रो आदिवासी समुदाय थारु समुदायको प्रेस जगतमा ज्यादै न्यून उपस्थिति रहेको प्रतिवेदन सोमबार सार्वजनिक भएको छ ।

थारु पत्रकार संघद्वारा आयोजित आमसञ्चारमा थारु पत्रकारहरुको अवस्था बिषयक अन्तरक्रियामा पत्रकार कृष्णराज सर्वहारीले कार्यपत्र प्रस्तुत गर्दै पत्रकारितामा अत्यन्त थोरै मात्र पत्रकारहरु उपस्थिति रहेको र न्यून उपस्थितिकै कारण त्यस समुदायका समाचारहरु प्राथमिकता नपाउने गरेको जानकारी दिए ।

उनको कार्यपत्रमा नेपाल तराईको प्रमुख आदिवासी समुह थारुको नेपाली मिडियामा जम्मा ४९ जना मात्र पत्रकार रहेको उल्लेख गरिएको छ । ४९ जना मध्ये पनि महिला ६ जना र राजधानीमा रहेर पत्रकारिता गर्नेको संख्या ७ जना रहेको छ ।

कार्यक्रममा उपस्थित थारु अगुवाहरुले प्रेसमा पहुँचको अभावमा आफ्नो समुदायका समाचारहरु प्राथमिकतामा नपरेको गुनासो गरेका थिए । कार्यक्रममा बन राज्यमन्त्री भगवती चौधरीले थारु समुदायमा पनि पत्रकारहरुको संख्या बढाउनका लागि समुदायले पहल गर्नु पर्ने उल्लेख गरिन् ।

No comments:

Post a Comment