Total Pageviews

Popular Posts

My Blog List

tharu

tharu
tharu

Sunday, August 21, 2011

मधेसी मोर्चा, थरुहट र थारु कल्याणकारी बीच सहकार्य

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट सङ्घर्ष समिति र थारु कल्याणकारी सभाका बीच स्वायत्तता प्राप्त प्रदेश सहितको सङ्घीयता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र शान्ति स्थापनाका लागि सहकार्य गर्ने निर्णय भएको छ। त्यसका लागि ११ सदस्सीय कार्यदल गठन भएको छ।

कार्यदलमा मोर्चा सम्बद्ध दलबाट जितेन्द्रनारायण देव, विश्वनाथप्रसाद यादव, गोविन्द चौधरी नवलपरासी, गोविन्द चौधरी रौतहट, मनिषकुमार सुमन, थरुहट सम्बद्ध पक्षबाट ठाकुरसिंह थारु, उपेन्द्र गच्छदार थारु, योगेन्द्र थारु, भानुराम थारु र शैलेन्द्र थारु रहनुभएको छ।
सहमतिका लागि भएको बैठकमा थरुहट, मधेस– तराई क्षेत्रका जातजाति, समुदायको आपसी एवं स्वतन्त्र पहिचान र हितलाई ध्यानमा राख्दै परस्पर सहमतिका आधार निर्धारण गर्न कार्यदल गठन गरिएको जनाइएको छ।
मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सो सहमतिले मुलुकमा शान्ति स्थापना सहित लोकतन्त्र सुदृढीकरणका लागि र प्राप्त उपलब्धिलाई संस्थागत गर्न सहयोग पुग्ने धारणा राख्दै व्यवस्थापिका –संसदमा समान हितका विषयमा उठाउनुपर्ने विषयमा कार्यदलले समान धारणा बनाउने बताउनुभयो।
बैठकले थरुहट, मधेस–तराईको परम्परागत ऐतिहासिक र व्यावहारिक सीमाका बारेमा समान सहमति कायम गर्ने भएको छ। थरुहट, मधेस–तराई क्षेत्रमा बसोवास गर्ने समस्त जातजाति र थारु लगायत आदिवासी, जनजाति, मधेसी, दलित अल्पसङ्ख्यक मुसलमान तथा पिछडावर्ग लगायतका समुदायका विभिन्न पक्षका बारेमा समान धारणा बनाउने पक्षमा सहमति भएको छ।

No comments:

Post a Comment