Total Pageviews

Popular Posts

My Blog List

tharu

tharu
tharu

Sunday, August 21, 2011

माओवादीबाट १६ जनाको बिद्रोह

धनगढी, मार्च १४ माओवादीको भातृ सङ्ठन थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिवसहित १६ जनाले बिद्रोहको घोषणा गरेका छन् । उनीहरुले माओवादीबाट अलग भई संयुक्त राष्ट्रिय मोर्चा नेपालको गठनसमेत गरेका छन् । मोर्चाको आयोजनामा दाङमा सम्पन्न थारु महोत्सवमा सहभागी भएकै बेला उनीहरुले माओवादीले थारु समुदायप्रति उपेक्षा गरेको भन्दै बिद्रोहको घोषणा गरेका हुन् ।


माओवादी हेडक्वाटरले ३५ लाख थारुहरुलाई उपेक्षा गरेको र पार्टी नेतृत्वकै घरमा कमैया र कल्महरीको अवशेष रहेकाले माओवादी पार्टी छाडेको उनीहरुले बताएका छन् । चैत ५ गते माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने धनगढीको कार्यक्रमबाटै उहाँलाई बहिष्कार गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।


बिद्रोह गर्नेहरुमा मोर्चाका महासचिव एवं माओवादीको कैलाली जिल्ला जनसरकारका पूर्व प्रमुख लक्ष्मण थारु कैलालीका पूर्व जिल्ला सेक्रेटरी मनोज थारु अङ्कित महान थारु पार्टीका जिल्ला सदस्यहरु किरण थारु बली थारु जनसाँस्कृतिक महासङ्घका केन्द्रीय सदस्य आकाश थारु कैलाली जिल्ला अध्यक्ष हरिचरण थारु तथा सदस्यहरु प्रतिक्षा थारु मिलन थारु अविशेक थारु सन्तोष थारु सीताराम थारु अभागी थारु रामसमज राना थारु प्रकाश थारु र मनिराम थारु रहेका छन् ।


उनीहरुले मङ्गलबार सामूहिक विज्ञप्ति जारी गरी बिद्रोहको घोषणा गरेका हुन् । विज्ञप्तिमा आफूहरुसँगै दशौँ हजार थारुहरुले माओवादीबाट बिद्रोह गरेको दावी गरिएको छ । माओवादीबाट यति ठूलो सङ्ख्यामा सामूहिक बिद्रोह गरेको यो पहिलोपटक हो ।


ूदश वर्षको जनयुद्धका क्रममा धेरै विषय थाँती राख्दै एकोहोरो लडाइँ मात्र लड्यौँ र पार्टीका बाध्यताहरु तथा गोपनीयता बचाउन बाध्य भयौँू- विज्ञप्तिमा भनिएको छ- ूतर आज सीमा नाघेपछि बिद्रोह नै गर्नुपर्ने आवश्यकता देख्यौँ ।ू


पार्टीको सुदूरपश्चिम कमाण्ड सेती महाकाली मा दश वर्षदेखि उठाउँदै आएका आफ्ना मागको सुनुवाई नभएको भन्दै विज्ञप्तिमा आफूहरुलाई क्षेत्रीय नेतृत्वबाट बारम्बार पन्छाउने गरिएको उल्लेख छ । माओवादी पार्टीमा कमैया कम्लहरी अझै राखिए प्रचण्डलाई बहिष्कार गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ । विज्ञप्तिमा माओवादी पार्टीबाट १० हजार थारुले विद्रोह गरेको जनाइएको छ ।


बिद्रोह गरी गठन गरिएको २१ सदस्यीय संयुक्त थारु राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु रहनुभएको छ । मोर्चामा तराईका २३ जिल्लाका थारु रहेको बताइएको छ । संयोजक थारु माओवादीको क्षेत्रीय व्युरो सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव समेत हुन् ।


मङ्गलबार राति स्वतन्त्र समाचार सेवालाई प्रतिक्रिया दिँदै संयोजक थारुले माओवादीको कार्यशैलीप्रति असहमति व्यक्त गर्दै मोर्चा गठन गरिएको जानकारी दिनुभयो । ूमाओवादीको सुदूरपश्चिमको कार्यनीति र शैलीप्रति लाखौँ थारुहरुको असन्तुष्टिले मोर्चा बनाउन बाध्य भएका हौँू- उहाँले भन्नुभयो ।


थारु समुदायका निकै प्रभावशाली मानिने लक्ष्मण चौधरीसहितको बिद्रोहले माओवादीभित्र भने निकै हलचल ल्याएको छ । यस विषयमा माओवादी नेताहरुसँग प्रतिकि्रया लिन खोज्दा उनीहरु आश्चर्यचकित भएका थिए । माओवादीका क्षेत्रीय व्युरो सदस्य मुक्तिले तत्काल पत्याउन सकिने खबर नभएकाले प्रतिकि्रया दिइहाल्न नसकिने बताउनुभयो । माओवादीका विधायक तथा सेती कमाण्डका इञ्चार्ज लेखराज भट्ट राकेश ले बिद्रोहबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।

No comments:

Post a Comment