Total Pageviews

Popular Posts

My Blog List

tharu

tharu
tharu

Wednesday, August 17, 2011

आदिवासी दिवसमा दर्जनौं सम्मानित


झापा , २८ साउन / १७औं विश्व आदिवासी जनजाति स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार मेचीनगरमा सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्को आयोजनामा भएको कार्यक्रममा आदिवासी जनजाति क्षेत्रमा कलम चलाउने, बौद्धिक व्यक्तित्व, जेष्ठ नागरिक र एसएलसी परीक्षामा उत्कृष्ट आदिवासी जनजाति छात्रछात्रालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । साथै सांस्कृतिक कार्यक्रममा झााकीसहित सहभागिता जनाउने जातीय समूहलाई सम्मानपत्र प्रदान गरिएको थियो । 
धुलाबारीको राधास्वामी भवन र पासाङ ल्हामु हलमा भएको कार्यक्रममा लेखक तथा बौद्धिक व्यक्तित्व क्या. गोपीलाल लिम्बू, माया गुरुङ, पात्र धिमाल, बन्धनकुमार मुण्डा, अमृतलाल श्रेष्ठ, जंगबहादुर लुंगेली, जितेन्द्र राजवंशी, पागलसिं मेचे, प्रो. भीम इजम र भिम खवासलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
त्यसैगरी, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक सम्मरबहादुर राई, फिपरानी केरुङ, भवानीप्रसाद श्रेष्ठ, कलावती मगर, सहरमान गुरुङ, निमा शेर्पा, धुडु उराउ, देपो धिमाल, बुधबारी मेचे, दलबहादुर थामी, धनबहादुर भुजेल, धनेश्वरी मालपााडे, भवन मुण्डा, बंगली खडिया, धर्मगुरु शंखरसिं लामा, बुद्धकर्ण माझी, पुना किसानलाई सम्मान गरिएको थियो । 
मेचीनगरमा आदिवासी जनजातिको तर्फबाट एसएलसीमा उत्कृष्ट हुने बलदेव राई, सहाङ नेम्वाङ, आस्ना महर्जन, सिमरन थापा मगर, सुमन गुरुङ, याङ्दी शेर्पा, विनिता उराउ, रमिला धिमाल, रुपनारायण राजवंशी, सुधा मेचे, प्रदिपकुमार भुजेल, तृप्ति तामाङ, अमूल माझी, प्रदिप किसानलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । 
सांस्कृतिक झााकीसहित धुलाबारी बजारमा निकालिएको र्यालीमा विभिन्न जातीय भेषभूषा आदिवासी जनजाति सहभागी थिए । कार्यक्रममा साकेला शिली लोक नृत्य, तामा सेलो, गइन नाच, गुरुङ कौडा नृत्य, च्याब्रुङ नाच, सोते धावङे, बाग्रुङ वाा, जेखाई ढााचा नाच, गाइवे चामाइको, डम्कचइच, शेर्पा नादीङ ज्वारीलगायतका नृत्य प्रस्तुत भएको सुभाष गुरुङले बताए । 
कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष प्रेम घिसिङ, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका सामुदायिक अधिकृत अनन्तप्रकाश वस्ती, ब्राह्मण समाजका पं. नेत्रप्रसाद भट्टराई, दलित प्रतिनिधि कृष्ण त्रिखत्री, एमाओवादी नगर इञ्चार्ज चन्द्रजित राई, नेपाली कांग्रेसका नगर सभापति प्रेम सम्बाहाम्फे, नेकपा एमाले नगर कमिटी अध्यक्ष दिपक भण्डारी,  संघीय लिम्बुवान राज्य परिषद्का जीवन लिम्बू, महासंघ झापाका सदस्य लालबहादुर थामी, युवा महासंघका झापा उपाध्यक्ष वीरेन मेचे, माया गुरुङलगायतले मन्तव्य राखेका थिए । 
कार्यक्रमको सभापतित्व महासंघ मेचीनगर समन्वय परिषद्का अध्यक्ष केवलराम राई, स्वागत मन्तव्य सहसचिव सुदिप ठाडामगर र सञ्चालन सचिव राजु महर्जन र शुकमाया लिम्बुले गरेका थिए ।

No comments:

Post a Comment