Total Pageviews

Popular Posts

My Blog List

tharu

tharu
tharu

Sunday, August 21, 2011

थारु कल्याण कारिणी सभाद्वारा संघर्ष कार्यक्रम सार्वजनिक

२०११ मार्च २८, एनेकपा माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच चैत्र ९ गते भएको सहमति प्रति थारु कल्याण कारिणी सभाले आपत्ती जनाएको छ। आत्म निर्णयको अधिकार सहित स्वायत्त मधेस प्रदेश बनाउने सहमति मुलुक तथा तराईका मुलवासीका लागि घातक हुने कल्याण कारिणी सभाको ठहर रहेको महामन्त्री मझिलाल थारु थनेतले बताए। फोरमलाई सरकारमा सहभागी गराउनका लागि माओवादी र एमालेले सो सहमति गरेका थिए। थारु कल्याणकारिणीको चैत्र ११ र १२ गते धनुषामा भएको केन्द्रीय बैठकले सहमतिको विरुद्ध आन्द्योलनका कार्यक्रमहरु समेत घोषणा गरेको छ। सभाले आइतबार नवलपरासीको गैंडाकोटमा पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।

सभाले चैत्र १७ गते संविधान सभा अध्यक्ष तथा विभिन्न राजनैतिक पार्टीलाई ज्ञापनपत्र बुझाउने भएको छ। सोही दिन जिल्ला प्रशासन कार्यालयहरुमा पनि ज्ञापनपत्र बुझाउने महामन्त्री थनेतले बताए। त्यस्तै चैत्र १८ गते काठमाडौं र जिल्ला जिल्लामा सहमति पत्र जलाउने कार्यक्रम छ। चैत्र २८ गतेसम्म जिल्ला जिल्लामा भेलाहरु राख्ने भएको छ। 'पहिलो चरणको कार्यक्रममा पनि हाम्रो माग सुनुवाई नभए दोस्रो चरणमा कडा खालका कार्यक्रम ल्याउने छौं' थनेतले भने। नागरिकता वितरण कार्यलाई सहज र सरल बनाउने भनेर तीन् दल बीच भएको सहमति झनै घातक रहेको उनले बताए। यसले भारतीयहरुलाई नागरिकता लिन सहज हुने र कालन्तरमा तराइमा आदिवासीहरु अल्पमतमा पर्ने उनको ठहर छ।

एक मधेस वा स्वायत्त मधेस आफुहरुलाई मान्य नरहेको महामन्त्री थनेतको भनाइ छ। थारु कल्यण कारिणी सभाले मधेसमा चार पदेश कायम हुनु पर्ने धारणा ल्याएको छ। पुर्वमा झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर र सिरहालाई समेटेर कोचीला प्रदेश बनाउन सभाले सुझाव दिएको छ। त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, रौतहट। बारा र पर्सामा गढीमाई स्वात्त प्रदेश हुनु पर्ने बताएको छ। त्यस्तै चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई समेटेर बुद्ध स्वायत्त प्रदेश तथा दाङ, बाँके, बर्दिया,कैलाली र कञ्चनपुरलाई समेटेर थारुहट स्वायत्त प्रदेश बनाउनु पर्ने कल्यण कारिणी सभाको धारणा छ। संविधान निर्माण र शान्ति प्रकृयालाई टुंगाउने मुख्य अभिभारलाई विर्सेर माओवादी र एमालेले सत्ता टिकाउनका लागि मात्रै फोरमसँग सम्झौता गरेको सभाको आरोप छ।

No comments:

Post a Comment