Total Pageviews

Popular Posts

My Blog List

tharu

tharu
tharu

Saturday, August 20, 2011

लोप हुने संघारमा थारु आभूषण र पहिरन

कञ्चनपुरको जोनापुरकी साठी वर्षीया आशा रानी चौधरीलाई परम्परागत आभूषण र पहिरन लगाएको सम्झना मात्रै छ । 
आधुनिकताको प्रवेशले थारु समुदायका आभूषण र पहिरन लोप हुने संघारमा पुगेपछि उनलाई परम्परा जोगाउन नसकेकोमा चिन्ता लागेको छ ।

आधुनिक युवायुवतीले कलात्मक ढङ्गले तयार पारिएका आभूषण र पहिरन लगाउन छाडेर बजारमा सहजै किन्न पाइने कुर्ता, सलवार, टिसर्ट र जिन्स पाइन्टलाई रोज्न थालेपछि थारु समुदायको पहिचान नै लोप हुने अवस्था आइपरेको हो ।

यस्ता पहिरन लगाउने चलनमा कमी आउनुमा आधुनिकता जिम्मेवार देख्छन् थारु बुद्धिजिवी दानसिं दहित । 

उनी भन्छन् – ‘कलात्मक ढङ्गले घरमै हातैले बुनेर तयार गरिने पहिरन बनाउन धेरै समय खर्चिनुपर्ने, बुट्टा तयार गर्न झन्झटिलो हुने र बढी खर्च लाग्ने भएकाले घर घरमा कपडा सिउने आधुनिक मेसिनको प्रवेशले परम्परागत थारु पहिरन लोप हुने अवस्था आएको हो ।’ 

थारु पुरुषले प्रयोग गर्ने भेगवा, लगौंठी, सद्रि र महिलाले प्रयोग गर्ने चोल्या, लेहङ्गा लगाउन आधुनिक युवालाई कठिनाई हुने गरेको फुलराम थारु बताउनु हुन्छ । 

परम्परागत पहिरन लगाउँदा सामाजिक अपहेलनाको सिकार बन्नुपरेको गुनासो गर्दै थारु युवा सुरेश चौधरीले भने – ‘समाजमा भएको परिवर्तनसँगै चल्नुपर्ने आजको आवश्यकता भएकाले संस्कृति बचाउने नाउँमा पुरानै कपडा लगाउनु उचित छैन ।

तर परम्परागत पहिरनलाई आधुनिकताका रुपमा छाड्नु भनेको संस्कृतिलाई तिलाञ्जली दिनु जस्तै हो ।

पुराना पहिरनलाई बचाउन हामी जस्तै युवा लाग्नुपर्छ ।’ 

युवा अवस्थामा माइती गाउँमा सखिया नाचमा लेहङ्गा, चोल्या, अंगियालगायतका पहिरन र सुतीया, तडिया, वाजु, टर्की, चुरुवा, भिच्छा, कारा, गटैया, मघौर, खिर्की र नथिया लगाएर छमछमी नाचेको स्मरण गर्दै ७० वर्षीया रमोला देवी चौधरीले भनिन् – ‘थारुहरूले परम्परा बचाउनुभन्दा आधुनिकतालाई प्रश्रय दिन थालेकाले पुराना सांस्कृतिक महत्व दर्शाउने पहिरन र आभुषण भुल्दै जान थालिएको छ ।’ 

पुराना पहिरन र आभूषणले संस्कृति झल्काउने जातीय पहिचान गराउने भएकाले संस्कृतिको जर्गेना गर्न अगाडि बढ्नुपर्ने हुन्छ तर यसका लागि कोही पनि थारु सङ्गठितरुपमा अगाडि सर्न नसकेकोमा उनी चिन्तित छिन् । 

दुई दशक अघिको स्मरण गर्दै उनले भनिन् – ‘थारुका महत्वपूर्ण चाडपर्वमा पुरुषले भेगुवा, चौवन्दी, सद्री लगाई कम्मरमा मादल भिरेर र चोल्या, लेहङ्गा र परम्परागत आभूषणले सजिएर युवतीले खुट्टाको पंैतला मिलाउँदै नाचेको हेर्न अर्कै आन्न्द आउथ्यो ।’ 

आजभोलि परम्परागत रुपमा मनाइने चाडपर्वमा यस्तो रौनकतामा कमी आएको छ ।

उनले भनिन् । 

परम्परागत पहिरन र आभूषण लगाउने चलनमा कमी आउने क्रम विसं ०४६ को राजनीतिक परिवर्तनपछि भएको हो ।

‘थारु संस्कृतिसँग महत्व राख्ने पहिरन र आभूषणलाई बचाउन सके विदेशी पर्यटकलाई थारु गाँउगाँउसम्म डो-याएर होमस्टेको व्यवसाय सञ्चालन गर्न सकिने’ थारु परदेशी डगौराले बताउनुभयो ।

उनले भने ‘थारु समुदायको मौलिक संस्कृति आफैंमा उत्कृष्ट भएकाले सरकारी तवरबाट समेत यसलाई बचाउन टेवा पु-याउनुपर्छ ।’ 

थारुहरूले पहिरन र आभूषण लगाउने क्रममा कमी ल्याएपछि कलात्मक कपडा बुन्ने र आभूषण तयार गर्ने व्यक्तिको पेशा सङ्कटमा परेको र उनीहरू आफ्नो पेशाबाट पलायन भइसकेको थारु बुढापाकाहरू बताउँछन् ।

No comments:

Post a Comment