Total Pageviews

Popular Posts

My Blog List

tharu

tharu
tharu

Sunday, August 21, 2011

फिल्म नै जीउने आधार




पर्शुराम चौधरीले फिल्मलाई करियर बनाएको साढे दुइ दशक बित्यो । नेपालको पढाइले मात्र नभएर विदेशमा समेत फिल्म विषय पढे । चौधरी समूदायबाट गनिएका थोरै फिल्म निर्माता, कलाकार र निर्देशकको उपमा भिराउँदा उनी अग्रपंक्तिमा आउँछन् । भन्छन, ‘अभियनय र कला नै मेरो जीवन जीउने आधार हो, मेरो जीवनको मक्सद हो ।’ ०४३ सालदेखि फिल्मी लाईनमा छिरेका उनले कहिल्यै पछि फर्कनु परेको छैन । पुरस्कार र सम्मान पनि प्रशस्तै पाएका छन् । ‘सबैभन्दा महत्वपूर्ण कुरा त यो हो कि, मेरो जीवन नै फिल्म र कलाबाट नै संचालित छ’, उनले भने, ‘गाँस, बास र कापसको जोहो गर्ने आधार न फिल्म र अभिनय हो ।’
सुनसरी झुम्का निवासी पर्शुरामले पुल्चोक इन्जिनयरिङ कलेजमा ०४० सालमा इलेक्टोनिक इन्जियनरिङमा डिप्लोमा गरका छन् । सिंगापुर र मुम्वइबाट फिल्म सम्बन्धी ६/ ६ महिने अतिरिक्त कक्षा समेत लिएका छन् । गीत रेकर्डिस्ट, प्राविधिक, ध्वनि, एडिटिङ र निर्देशनमा पोख्त उनले २०४९ को तेस्रो राष्ट्रिय भिडियो महोत्सवमा बेस्ट निर्देशक, बेस्ट कथा, बेस्ट पटकथा, बेस्ट ध्वनि र बेस्ट कलाकार उपाधि पाएका थिए ।

नेपालमा पहिलो पटक थारु भाषाको चलचित्र करम निर्माण गरि फिल्मी लाइनमा होमिएका उनले २०४६ सालमा निर्माण गरेको यहि फिल्मले उनको जीवनलाई ‘यु टर्न’ गरायो । यहि फिल्मले नै पर्शुरामलाई निमार्ता, कलाकार र निर्देशकको रुपमा स्थापित गराउन बल पुर्‍यायो । पढ्दा पढ्दै २०४३ मा नेपाल टेलिभिजनमा छिरेका उनले त्यहाँ एकबर्ष काम गरे, त्यसपछि म्युजिक नेपालको यात्रा शुरु भयो । म्युजिक नेपालमा काम गरेको अनुभवले नै उनलाई नेपाल म्याक्स कम्पनी स्थापना गर्न प्रेरणा मिल्यो । १० बर्षको म्युजिक नेपालको अनुभव अहिले आफ्नै निजी कम्पनीमा काम गर्दा साकार भएको छ रे ।भन्छन, ‘नेपाल म्याक्सलाई फिल्म सम्बन्धी सम्पूर्ण काम गर्ने कम्पनी बनाएको छु ।’ उनले नेपाल चलचित्र विकास कम्पनी र प्रो पब्लिकमा पक्षप्रतिपक्षको निर्देशक भएर पनि काम गरे ।

चलचित्र भाग्यके रेखा, अपमान-नेपाली निर्देशन र नायक, पराइ भो माया (नायक निर्देशक), जिन्दगीको सम्झौता (निर्देशन नायक),सैया भ्याल जमैया्र (थारु भाषाको), बेटी (थारु र मैथली), प्रितको फूल (मैथली), साप कन्या (राजवंशी) सहित थारु, मैथली, भोजपुरी, सूर्यापुरी (कोचबिहारको) फिल्म पनि निर्देशन गरेका छन् । हाल काठमाण्डौं एकछोरा, एक छोरी (प्लस टु गर्दैछन्) र श्रीमतीसँगै बस्दै आएका चौधरीलाई श्रीमतीले पनि काममा सघाएकी छिन् । भन्छन, ‘फिल्मको काममा म काठमाण्डौ बाहिर हुँदा नेपाल म्याक्सको सबै काम उनले गर्छिन् ।’

नेपालमा टेक्नोलोजीको अभाव र अध्ययनको कमी रहेको बताउने उनले विदेशी चलचित्रको नक्कल गर्ने परिपाटी भयावह भएको बताए । लगानी गर्ने मानिसको कमी र व्यावसायिकताको अभावले गर्दा नेपाली फिल्म चल्न नसकेको उनको ठहर छ । ‘व्यवसाय हो भनेर फिल्ममा लगानी गर्ने अवस्था अझै छैन्’, उनको ठहर छ । नेपाली फिल्मी राजनीति पनि धेरै हुने गरेको, सोझो र इमान्दार कलकार सँधै पछि पर्ने गरेको चाधरीको हठर छ ।

No comments:

Post a Comment