Total Pageviews

Popular Posts

My Blog List

tharu

tharu
tharu

Sunday, August 21, 2011

थारु कल्याणकारीणी सभाको महाधिवेशनबाट को के भए ?

१३ कात्तिक, दाङ । थारु कल्याणकारीणी सभाको अध्यक्षमा सुनसरीका चन्द्रकुमार चौधरी निर्वाचित भएका छन् । शुक्रबार साँझ घोराहीमा सम्पन्न २० औं महाधिवेशनबाट उनी ६८ मत प्राप्त गरी बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी बांकेका ठाकुरसिंह थारुले ५८ मत प्राप्त गरेका थिए भने रुपन्देहीका धनीराम चौधरीले १२ र काठमाडौंकी सरस्वती चौधरीले ४ मत प्राप्त गरेका छन् । १ सय ७० मतदातामध्ये १ सय ४३ मत खसेकोमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै २४ जना खुल्ला केन्द्रीय सदस्यमध्ये २२ जना निर्विरोध निर्वाचित भएका छन् । सप्तरी जिल्लाबाट परेको उम्मेदवारी प्रक्रिया नमिलेका कारण बदर भएको र पर्साबाट उम्मेदवारी नै नपरेका कारण ती पद खाली रहेको निर्वाचन समितिले जनाएको छ ।

खुल्लातर्फको केन्द्रीय सदस्यमा दाङका राजेन्द्र चौधरी, कपिलबस्तुका बिश्रामप्रसाद थारु, सर्लाहीका योग्यनारायण चौधरी, काठमाडौंका राजकुमार लेखी, काठमाडौंकै डम्मरप्रसाद चौधरी, कैलालीका भानुराम चौधरी, कञ्चनपुरकी सीता चौधरी र बर्दियाका कोमलप्रसाद चौधरी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी खुल्लातर्फका अन्य केन्द्रीय सदस्यहरुमा झापाका श्रीप्रसाद चौधरी, मकवानपुरकी जानकी चौधरी, बाँकेका नेमसिंह थारु, सुर्खेतका मानबहादुर चौधरी, धनुषाका उत्तम चौधरी, रुपन्देहीका बाबुराम चौधरी, सुनसरीका लतुराम चौधरी र महोत्तरीका बिष्णुनारायण थारु बिजयी भएका छन् ।

त्यसैगरी रौतहटका रामकृष्ण चौधरी, नवलपरासीका माझीलाल खनेत, उदयपुरका सत्यनारायण चौधरी, चितवनका भजमनराम चौधरी र सिरहाका खड्कनारायण चौधरी पनि खुल्लातर्फको केन्द्रीय सदस्यमा निर्विरोध बिजयी भएका छन् । खुल्लातर्फ ३१ जनाको उम्मेदवारी परेको भए पनि अन्यले उम्मेदवारी फिर्ता लिएपछि सहमति भएको हो ।

No comments:

Post a Comment