Total Pageviews

Popular Posts

My Blog List

tharu

tharu
tharu

Wednesday, January 11, 2012

थारु जातिको नयाँवर्ष 'माघी'



लक्की चौधरी
धनगढी, कैलाली, १७ जनवरी

"सखिये हो ! माघीक् पिली गुरी जाँर ..." (साथीहरु हो ! माघीमा पियौं गुलियो जाँड) अधिकांश नेपालीको मुखमा झुण्डिएको यो गीतको एक हरफले रुपष्टरुपमा थारुको पहिचान झल्काउन सक्छ । एकाअपसमा रमाइलो गर्ने, साथीभाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने 'माघी' पर्व थारु जातिको नयाँ वर्ष हो । नयाँ नीति नियम बनाउने, लागु गर्ने, प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीले वर्षरिको कामको समिक्षा गर्दछ । एकवर्षो अवधिमा के कति काम भए, के राम्रा भए, के नराम्रा भए । वर्षरिका लागि बनाइएको योजना सफल भए कि भएनन् ? सफल भए भने कतिमात्रामा भए र असफल भए भने के कारणले भए, यावत कुराको लेखाजोखा गहन तरिकाले यस पर्वमा थारुहरुले गर्ने गर्दछन् । जिम्मेवारी पाउनेले जिम्मेवारी निभाउन सक्यो कि सकेन ? लापरवाही गरेको छ भने उसलाई के-कस्तो दण्ड जरिवाना गर्ने आदि कुराको निर्क्यौल माघीले गर्छ ।

थारु जातिको मौलिकता बोकेको ऐतिहासिक् चाड माघी विकासे पर्व हो । यसले 'मेरो हैन हाम्रो' भावनाको विकास जगाउँछ । पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको उत्सर्जन गर्दछ । वर्षभरिको दुःख सुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो-मसिनो खाएर आत्मसन्तुष्टि लिने काम हुन्छ । विवाहगरी अन्य ठाउँमा गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख-दुःखको कुरा अभिभावकबाट जानकारी लिने काम पनि हुन्छ । चेलीबेटीले आफूले भोगेका समस्या खुलेर राख्न पाउँछन् र बुवा-आमासँग सुख-दुःखका कुराहरु साटासाट गर्ने अवसर पाउँछन् । वर्षभरि गरिएको मेहनत र प्रगतिबारे एकापसमा जानकारी लिने र समस्याका कुरा अरुसँग साटेर अलिकति भए पनि मन हलुङ्गो पार्ने अवसर यस चाडले दिन्छ ।

माघी पर्व यस अर्थले पनि महत्वपूर्ण छ कि माघेसंक्रान्तिका दिन नदी, पोखरी तथा जलासयमा गएर नुहाउँदा वर्षभरिको पाप पखालिन्छ भन्ने थारुमा जनविश्वास छ । त्यो दिन सशुल्क नुहाउने गरिन्छ । जलदेवतालाई पैसा चढाएर मात्र नुहाउने चलन छ । कामको सिलसिलामा घरबाहिर गएकाहरु माघीमा अनुकुलता भए अनिवार्य घर फर्कन्छन् । मिलनको अवसर जुराउने यस पर्वले नयाँ नेतृत्वको छनौट पनि गर्दछ ।

गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने निर्क्यौल हुन्छ । गाउँको नेतृत्वकर्ता (बडघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको काम गर्ने (चौकीदार) को व्यवस्था गरिन्छ । उनीहरुको वर्षरिको पारिश्रमिक र जिम्मेवारी तोकिन्छ । वर्षभरिको घरको नाफा नोक्सानको समिक्षा गरी चित्तबुझ्दो भए घरमुली पुनः एक वर्षका लागि नियुक्त गर्ने नभए अर्को व्यवस्था गर्ने गरिन्छ । घरको अनुशासन कायम घरमुलीले गर्छ भने गाउँको बडघरले गर्ने गर्दछ । गाउँको नीति नियम बनाउने र त्यसको पालना गराउने जिम्मेवारी गाउँभरिका मानिसहरु सामुहिक छलफल गरेर बडघर लगायतका पदाधिकारीलाई सुम्पने गर्दछन् । बर्षभरिको कामको जिम्मा लिई बसेको बड्घरले काम चित्तबुझ्दो नगरे छलफलबाटै उसलाई बीचैमा हटाउन पनि सकिन्छ । गाउँको साझा नीति नियम बमोजिम पदाधिकारीले काम गर्नुपर्ने हुन्छ । त्यसो हुन नसके गाउँको व्यवस्थापन र अनुशासन खलबलिनसक्छ । यसप्रति सबै चनाखो हुन्छन् । माघीदेखि थारुहरुको नयाँ खाता सुरुवात हुन्छ । तिर्नुपर्ने ऋणहरु चुक्ता गर्ने र नयाँ कामको प्रारम्भ गर्ने काम हुन्छ । कुलोपानीको उचित व्यवस्थापनको योजना निर्माण हुन्छ ।

भालेबासेपछि एकाविहानै नुहाई चोखो भइन्छ । शुद्ध हातले चेलीबेटीका लागि नुन, दाल तथा चामल उपहार छुट्याइन्छ । जसलाई "निसराउ" भन्ने गरिन्छ । घरबाट ढोगसलाम शुरु गरी गाउँभरीका मान्यजनकहाँ पुग्नुपर्छ । कहिंकहिं सेतो टीकाको पनि प्रयोग गर्ने गरिन्छ । माघेसंक्रान्ति मकरसंक्रान्ति सँगै पर्ने हुनाले त्यसदिन पाप र अशुभ काम नगर्ने हुनाले थारुहरु पुसको अन्तिम दिन नै मासुका लागि सुंगुर-बंगुर काट्ने गर्छन् । जसलाई थारु भाषामा "जिता मार्ने" भनिन्छ । माघेसंक्रान्तिका दिन विशुद्ध चोखो चिजबस्तुहरु घरमा बनाई खाने गरिन्छ । चेलीबेटीलाई माइतमा बोलाई मीठोमसिनो खान दिइन्छ । गच्छअनुसार उपहार कपडा तथा दक्षिणा पनि दिने चलन छ । वर्षभरिको रिसराग, द्वेष, बैमनस्यतालाई माघेसंक्रान्तिकै दिन त्याग गरी नयाँ सम्बन्धको सुरुवात गरिन्छ । झैझगडालाई आपसी मिलनमा रुपान्तरण गरिन्छ ।

विशेषगरी माघीमा थारुहरु ढिक्री, मुरही, खिचरी, तिलको लड्डु, खँरिया, अण्डीभात, सखरखण्ड, तरुल, माछा, गगंटा, मासु, जाँड र त्यसको झोल एवं दारु लगायतका परिकार खाने गर्दछन् । माघेसंक्रान्तिको अघिल्लो दिन रातभरी जाग्राम बसी धुमरुगीत तथा डफुहरु बजाई मनोरञ्जन गरिन्छ । गाउँघरमा एउटा उखान छ "जाँर ना दारु काहेक् थारु" (जाँड नभएको पनि के थारु) । त्यसैले माघी पर्वमा प्रायः सबै घरमा जाँड र दारुको व्यवस्था गरिएको हुन्छ । घरमै उत्पादन गरिएका अन्नका ती जाँडहरु सत्कारस्वरुप पाहुना तथा घर गाउँका सदस्यलाई खान दिइन्छ । अघिपछि काममा व्यस्त हुने थारुहरु चाडवाडमा खुलेरै रमाइलो गर्ने गर्दछन् । माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरा लगायतको नाच नाचिन्छ । यस चाडमा आफू पनि खाने र अरुलाई पनि खुवाउने चलन छ । घरका सदस्यहरुसँगै गाउँका अन्य सदस्यहरुलाई पनि बोलाई खुवाइन्छ । काम गर्न र खानमा नहिच्किचाउने थारुहरु परिआएको बेला जस्तोसुकै सहयोग गर्न तयार हुन्छन् ।

पुसको अन्तिम दिनबाट शुरु हुने माघीपर्व करिब एक हप्तासम्म मनाइन्छ । पहिलोदिन माघेसंक्रान्ति, दोस्रोदिन खिचडीभात पकाइखाने ख्रि्रहुवा, पहिलो दिननबाट शुरु भई पाँचौ र सातौं दिनसम्म नाचगान गरी रमाइलो गर्ने गरिन्छ । गाउँमा केटा-केटी, उमेरले अधवैसे तथा बुढाबुढीको अलग-अलग समूह बनाई नाचिन्छ । सामुहिक नाचले गर्दा हप्तादिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ । नाचसँगै जाँडको झोल र रक्सी पनि खाने गरिन्छ । नाचेबापत दक्षिणा असुली त्यसलाई विकास निर्माणको काममा लगानी गर्ने गरिन्छ । यसोगर्दा एकातिर सामाजिक सदभाव पनि कायम हुने र अर्कोतिर संस्कृतिको पनि जगेर्ना एवं विकास पनि हुनेगर्छ । एक हप्तासम्म मनोरञ्जन गर्ने थारुहरु बाँकी हरहिसाव तथा नेतृत्व छनौट गर्ने काम माघ महिनाभरि गर्ने गर्दछन् ।

विगतमा माघी थारुका लागि अभिसाप नै सावित हुन्थ्यो । जमिन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरु गरिन्थ्यो । एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरुलाई खरिद गरी दास जिवन जिउन बाध्य पारिन्थ्यो । वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भए पनि कमलहरी प्रथा अझै कायमै छ । माघी पर्वको सार्वजनिक विदा दिने काम सरकारले वि.सं २०५९ सालबाट शुरु गरेपछि थारुहरु काठमाडौंमा समेत विगत आठ वर्षदेखि माघी महोत्सव कार्यक्रम गरी रमाइलो गर्दै आएका छन् । थारुहरु माघीको अतिरिक्त, दशैं, तिहार, होली, अतवारी, जितिया, सिरुवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर लगायतका चाडहरु मनाउने गर्दछन् ।

नयाँ नेपाल बनाउने सुरमा अगाडि बढेका राजनीतिक दलहरु यतिबेला त्रि्र मतभेदमा छन् । लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनाउन हिडेका उनीहरु रणभूल्लमा छन् । थारुहरुको नयाँ वर्षमाघीले राजनीतिक दलका नेताहरुको आँखा उघार्नसके देशले निकास पाउँथ्यो । थारुहरुको लोकतान्त्रिक पद्धतिबाट दलका नेताहरु केही सिक्न जरुरी छ । कम्तीमा एउटा किसानले वर्षरीको कामको योजना बनाई काम गर्ने गर्दछ र परिवारजहान सुखसँग पालेको हुन्छ । तर हाम्रा नेताहरुको काम योजनाविहिन भएकै कारण अहिलेसम्म देश कुहिरोको कागझै भड्किनु परिरहेको छ । कुन बेला बाली राख्ने, कहिले गोडमेल गर्ने, कुनबेला मल राख्ने, कहिले बालीमा पानी हाल्ने, स्याहार्ने लगायतको निश्चित् योजना बनाएर किसानले काम गर्ने गर्दछ र त मेहनतअनुसारको फल पनि प्राप्त गर्छ । थारुको माघी पर्वबाट सबैले पाठ सिक्न सके देशलाई उभो लगाउनमा सहयोग पुग्थ्यो कि !

Thursday, August 25, 2011

थारु कल्याणकारिणी सभा झाापका सदस्य जितेन्द्र चौधरीलाई पितृशोक


tharu kalyankarini sabha's logo


युवा वर्ग, सहकारी र स्वदेशमा रोजगारको सम्भावनाहरु



लवकुमार चौधरी
गएको १२ अगस्तमा युवाहरुले देशभरि हर्षाेल्लासपूर्वक विविध कार्यक्रमहरु आयोजना गरी युवा दिवस मनायो । तर, यो देशमा युवाहरुको जनसंख्याअनुरुप दक्ष युवा जनशक्ति अभाव हुादै गइरहेको छ । युवाको बढ्दो विदेश पलायन वर्षेनी दशौं हजार युवा जनशक्ति रोजगारीका लागि विदेशिन बाध्य हुनुले युवाप्रतिको सरकारी दृष्टिकोण छर्लंग हुन्छ ।
२०६६ सालमा युवा नीति लागू भएर पनि अहिलेसम्म कार्यान्वयन नहुनु बडो दु:ख लाग्दो विषय हो । २०११ मा युवा दिवस मनाइयो तर २०१२ मा युवाहरुले आफ्नो सोच, विचार, जनशक्ति, परिश्रम, क्षमता केही गरेर देखाउने हो कि ! कति युवा, युवतीहरुलाई थाहा नभएर उनीहरु देशको प्रणालीलाई गाली गर्ने र अरुको पछाडि हिाड्ने गर्दछन् । युवाहरुलाई विदेशिनबाट रोक्नका लागि अहिले पनि नेपालमा युवा प्रोत्साहनको स्पष्ट नीति र योजना छैन ।
उर्जाशील, क्षमतावान लगनशील र देशप्रेमी युवा नभएका होइनन् यो देशमा । नेकपा एमालेका ऊर्जामन्त्री गोकर्ण विष्ट जस्ता परिवर्तनकारी सोच भएका युवा व्यक्तित्व छन् यो देशमा । जसको प्रशंसा आजको दिनमा चारैतिरबाट भइरहेको छ । विद्युत चुहावट रोक्न होस् या त विजुलीको बााकी बक्यौता असुलउपर गर्न, उनको अग्रसरता प्रशंसायोग्य छ ।
नेपाली कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्माजस्ता उर्जाशील, क्षमतावान र चरित्रवान युवा नेता छन् जसले आम नेपाली युवाहरुको मन जित्न सफल भइसकेका छन् । त्यसैगरी माओवादी पार्टीमा वर्षमान पुन जस्ता युवा नेताहरु छन् । तर, तिनीहरुलाई राजनीतिक दलका टाउकेहरुले उचित भूमिका नदिादा आम नेपाली युवामा निराशावादी भाव पैदा भइरहेको छ । त्यसैले युवाहरु सोच्ने बेला आएको छ ।

राज्यको हरेक क्षेत्रमा युवाको भूमिका नगण्य हुादै जानु र निर्णायक तहमा युवा शक्तिलाई स्थान नदिइनुले यो समस्या आएको हो । युवा शक्तिलाई सहकारीतिर लाने हो भने उनीहरुलाई देशमै रोजगारीको अवसर सिर्जना हुन्छ । जसले गर्दा उनीहरुलाई विदेशिनुबाट रोक्न सकिन्छ । संसारका विभिन्न देशहरुमा युवाहरुको सहभागिता सहकारी आन्दोलनमा महत्वपूर्ण रुपमा अगाडि आएको छ । युवा अवस्थामा नै विभिन्न सहकारी संस्थामा सदस्य बन्ने र नेतृत्व तहमा बसेर काम गर्ने कुरा एकातिर छ भने युवाहरुले आफै सहकारी संस्थाहरु खोलेर विभिन्न कार्य गर्ने क्रम पनि बढ्दो छ ।
युवा सहकारी आन्दोलनको आफ्नै महत्व र भूमिका रहेको छ । परिवर्तन तथा युगको उत्थानको जिम्मेवारी लिने युवाहरु शोषणरहित समाज निर्माणका सम्वाहक हुन् । प्राय:जसो युवाहरु सहकारीको माध्यमबाट स्कूल, क्याम्पस, विश्वविद्यालय संचालन गर्ने गर्दछन् । तिनीहरु आफैले बनाएका सहकारी संस्थाद्वारा वा अरुसंग संयुक्त भएर काम गर्दछन् । नयाानयाा आयामहरुमा युवा सहकारीहरुले उल्लेखनीय काम गर्न सक्छन् । हाम्रो देशमा भने सहकारी आन्दोलनमा युवाहरुको सहभागिता उल्लेख्य छ । यद्यपि युवा सहकारी नै बनाएर काम गर्ने गरेको कुरा त्यति छैन ।
क्याम्पस वा विश्वविद्यालयको अध्ययन सकेका युवाहरुले समूह बनाएर स्कूल संचालन गर्न, उच्च मावि तथा कलेज संचालन गर्न, स्टेशनरी उत्पादन बिक्री वा अन्य पसल संचालन गर्न, प्रकाशन, बिक्री वितरण गर्न, क्यान्टिन, सामूहिक भोजनालय, होस्टल आदि संचालन गर्न सक्नेछन् । त्यस्तै संचार मिडिया, पत्रपत्रिका, एफएम रेडियो संचालन गर्न सक्नेछन् भने कृषि क्याम्पसका युवाहरुले कृषि तालिम, परामर्श तथा अन्य सेवाहरु संचालन गर्न सक्नेछन् । वाणिज्य शास्त्रका विद्यार्थीले साना वित्तीय सहकारीहरु र व्यक्तिहरुलाई आफ्नो सेवा दिन सक्नेछन् । साउण्ड र लाइट शो कार्यक्रमहरु संचालन गर्न सक्नेछन् । डिपार्टमेन्टल स्टोर संचालन गर्ने, ओर्गानिक प्रोडक्टहरु उत्पादन गर्ने, मोवाइल, कम्प्यूटर ट्रेडिङ तथा इन्स्टिच्युट आदि काम गर्न सक्नेछन् ।
त्यस्तै, अलि कम शिक्षित युवाहरुले निम्न कामहरु सजिलैसंग शुरु गर्न सक्नेछन् ।
विदेश जान र त्यसको लागि खर्च गर्ने रकम जम्मा गरेर ५ वा ७ जनाको समूह बनाएर शहरी क्षेत्रमा मम: पसल, भोजनालय, लज, होटल, रेष्टुरेन्ट वा अन्य व्यवसाय गर्न सक्नेछन् ।
सामूहिक रुपमा कृषि, वन, पर्यटन व्यवसाय आदि क्षेत्रमा काम गर्न सकिन्छ । प्राविधिक तथा व्यावसायिक शीप सिकाउने कामलगायत अन्य थुप्रै काममा युवायुवतीको समूहले व्यवसाय चलाउन सक्छन् । सामूहिक खसीपालन, कुखुरा पालन, सुंगुर पालन, भैसीपालन, माछापालन, गाईपालन आदि काम गर्न सकिन्छ ।
अहिलेको विश्वमा विकसित भएका युरोपका सबैजसो देश र अमेरिका, जापान, कोरियालगायत मुलुकमा भएको विकासका लागि सहकारीले खेलेको भूमिका उल्लेखनीय छ । छिमेकी मुलुक भारत, चिन, बंग्लादेश, श्रीलंकामा सहकारीको प्रभावकारीता दिनदिनै बढिरहेको छ । त्यसैले नेपाललाई पनि आर्थिक क्रान्ति गर्नु छ भने युवा वर्गहरु उठ, जाग, स्वदेशमा नै सहकारीको माध्यमबाट केही गरौं ।

Sunday, August 21, 2011

फिल्म नै जीउने आधार




पर्शुराम चौधरीले फिल्मलाई करियर बनाएको साढे दुइ दशक बित्यो । नेपालको पढाइले मात्र नभएर विदेशमा समेत फिल्म विषय पढे । चौधरी समूदायबाट गनिएका थोरै फिल्म निर्माता, कलाकार र निर्देशकको उपमा भिराउँदा उनी अग्रपंक्तिमा आउँछन् । भन्छन, ‘अभियनय र कला नै मेरो जीवन जीउने आधार हो, मेरो जीवनको मक्सद हो ।’ ०४३ सालदेखि फिल्मी लाईनमा छिरेका उनले कहिल्यै पछि फर्कनु परेको छैन । पुरस्कार र सम्मान पनि प्रशस्तै पाएका छन् । ‘सबैभन्दा महत्वपूर्ण कुरा त यो हो कि, मेरो जीवन नै फिल्म र कलाबाट नै संचालित छ’, उनले भने, ‘गाँस, बास र कापसको जोहो गर्ने आधार न फिल्म र अभिनय हो ।’
सुनसरी झुम्का निवासी पर्शुरामले पुल्चोक इन्जिनयरिङ कलेजमा ०४० सालमा इलेक्टोनिक इन्जियनरिङमा डिप्लोमा गरका छन् । सिंगापुर र मुम्वइबाट फिल्म सम्बन्धी ६/ ६ महिने अतिरिक्त कक्षा समेत लिएका छन् । गीत रेकर्डिस्ट, प्राविधिक, ध्वनि, एडिटिङ र निर्देशनमा पोख्त उनले २०४९ को तेस्रो राष्ट्रिय भिडियो महोत्सवमा बेस्ट निर्देशक, बेस्ट कथा, बेस्ट पटकथा, बेस्ट ध्वनि र बेस्ट कलाकार उपाधि पाएका थिए ।

नेपालमा पहिलो पटक थारु भाषाको चलचित्र करम निर्माण गरि फिल्मी लाइनमा होमिएका उनले २०४६ सालमा निर्माण गरेको यहि फिल्मले उनको जीवनलाई ‘यु टर्न’ गरायो । यहि फिल्मले नै पर्शुरामलाई निमार्ता, कलाकार र निर्देशकको रुपमा स्थापित गराउन बल पुर्‍यायो । पढ्दा पढ्दै २०४३ मा नेपाल टेलिभिजनमा छिरेका उनले त्यहाँ एकबर्ष काम गरे, त्यसपछि म्युजिक नेपालको यात्रा शुरु भयो । म्युजिक नेपालमा काम गरेको अनुभवले नै उनलाई नेपाल म्याक्स कम्पनी स्थापना गर्न प्रेरणा मिल्यो । १० बर्षको म्युजिक नेपालको अनुभव अहिले आफ्नै निजी कम्पनीमा काम गर्दा साकार भएको छ रे ।भन्छन, ‘नेपाल म्याक्सलाई फिल्म सम्बन्धी सम्पूर्ण काम गर्ने कम्पनी बनाएको छु ।’ उनले नेपाल चलचित्र विकास कम्पनी र प्रो पब्लिकमा पक्षप्रतिपक्षको निर्देशक भएर पनि काम गरे ।

चलचित्र भाग्यके रेखा, अपमान-नेपाली निर्देशन र नायक, पराइ भो माया (नायक निर्देशक), जिन्दगीको सम्झौता (निर्देशन नायक),सैया भ्याल जमैया्र (थारु भाषाको), बेटी (थारु र मैथली), प्रितको फूल (मैथली), साप कन्या (राजवंशी) सहित थारु, मैथली, भोजपुरी, सूर्यापुरी (कोचबिहारको) फिल्म पनि निर्देशन गरेका छन् । हाल काठमाण्डौं एकछोरा, एक छोरी (प्लस टु गर्दैछन्) र श्रीमतीसँगै बस्दै आएका चौधरीलाई श्रीमतीले पनि काममा सघाएकी छिन् । भन्छन, ‘फिल्मको काममा म काठमाण्डौ बाहिर हुँदा नेपाल म्याक्सको सबै काम उनले गर्छिन् ।’

नेपालमा टेक्नोलोजीको अभाव र अध्ययनको कमी रहेको बताउने उनले विदेशी चलचित्रको नक्कल गर्ने परिपाटी भयावह भएको बताए । लगानी गर्ने मानिसको कमी र व्यावसायिकताको अभावले गर्दा नेपाली फिल्म चल्न नसकेको उनको ठहर छ । ‘व्यवसाय हो भनेर फिल्ममा लगानी गर्ने अवस्था अझै छैन्’, उनको ठहर छ । नेपाली फिल्मी राजनीति पनि धेरै हुने गरेको, सोझो र इमान्दार कलकार सँधै पछि पर्ने गरेको चाधरीको हठर छ ।